Saturday, June 13, 2026

सशस्त्र प्रहरी निरीक्षक घुस रकमसहित ओकिल अधिकारी पक्राउ:-

ताजा / भरखरै प्राप्त

सशस्त्र प्रहरीका सशस्त्र प्रहरी निरीक्षक ओकिल अधिकारी घुस रकमसहित रंगेहात पक्राउ परेका छन् ।

सशस्त्र प्रहरी बलका नेपालका एक निरीक्षक घुस रकमसहित रंगेहात पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ४० हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा उनलाई नियन्त्रणमा लिएको जनाइएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास क्षेत्रीय कार्यालयबाट खटिएको टोलीले धनुषा जिल्लाका मिथिला नगरपालिका–४ लालगढबाट सशस्त्र प्रहरी निरीक्षक ओकिल अधिकारीलाई हिजो शुक्रवार बिहान पक्राउ गरेको बताइएको छ ।

अख्तियार आयोगका अनुसार, कमला–ढल्केवर–बाग्मती सडक निर्माण खण्डअन्तर्गत माटो तथा ग्राभेल फिलिङ कार्यमा संलग्न एक ठेकेदारसँग निरीक्षक अधिकारीले विभिन्न बहाना बनाएर सवारी साधन रोकिने, अनावश्यक अवरोध सिर्जना गर्ने तथा निर्माण कार्यमा निरन्तर हैरानी दिने गरेको बताइन्छ ।

निर्माण कार्यमा अवरोध नगर्ने सर्तमा उनले ठेकेदारसँग घुस रकम मागेको उजुरी परेपछि अख्तियारले निगरानी बढाएको थियो । सोही क्रममा हिजो शुक्रबार बिहान ठेकेदारबाट ४० हजार रुपैयाँ लिइरहेको अवस्थामा उनलाई रंगेहात पक्राउ गरिएको आयोगले जनाएको छ।

पक्राउ परेका निरीक्षक अधिकारीमाथि थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles