Sunday, May 31, 2026

नारायणगढ-मुग्लिन सडक अवरुद्ध

ताजा / भरखरै प्राप्त

अविरल वर्षासँगै आएको पहिरोले नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका-६ कालीखोलालगायत नारायणगढ- मुग्लिन सडकका विभिन्न ठाउँमा पहिरो खसेको छ । पहिरोले बिहानै साढे पाँच बजेदेखि सडक अवरुद्ध भएको हो ।बिहानैदेखि सडक डिभिजन कार्यालय भरतपुरले पहिरो पन्छाउने कार्य गरिरहेको छ । थप पहिरो नआए पहिरो पन्छाउन करिब तीन घण्टा समय लाग्ने अनुमान छ ।

Previous article
कैलालीमा पहिरोले भीमदत्त राजमार्ग अवरुद्ध :-धनगढी । कैलालीमा पहिरोले सडक अवरुद्ध भएको छ ।भीमदत्त राजमार्गअन्तरगत गोदावरी नगरपालिकाको सेल्फीडाँडा र बुढितोलामा सोमबार राति पहिरो गएको प्रहरीले जनाएको छ ।सुदूरपश्चिमप्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले पहिरोका कारण राजमार्ग अवरुद्ध भएको जानकारी दिएको छ ।राजमार्ग अवरुद्ध हुँदा सुदूरपश्चिम पहाडी जिल्लाबाट छुटेका सवारी साधन खानीडाँडामै रोकिएका छन् भने कैलाली र कञ्चनपुरबाट छुटेका सवारीसाधन अपनि बाटोमै छन् ।सवारीसाधन बाटोमै रोकिएपछि गन्तव्यका लागि हिडेका यात्रुहरु बाटोमै अलपत्र परेका छन् । जेसीबीको प्रयोग गरेर पहिरो पन्छ्याउने कामभइरहेको प्रहरीले जनाएको छ ।
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles