Thursday, July 23, 2026

राैतहटको बक्कुल नाकाबाट सुरक्षाकर्मीहरुको मिलोमतो तस्करी

ताजा / भरखरै प्राप्त

सशस्त्र प्रहरी सरमुजवा स्थित बिओपीका ईन्चार्ज र तस्कर बीच लाइन र रुट क्लियर गराउने आरोप ।
राैतहट जिल्लाको बक्कुल सरमुजवा बीओपी पति प्रमुख र तस्कर बीच संवादको अडियो भाइरल भएको छ, बिओपी सरमुजवाका इन्सपेक्टर बोहरा माथि गम्भीर प्रश्न ?
भारत–नेपाल सीमा क्षेत्रबाट अबैध सामानहरुको ओसार पसारलाई नियन्त्रण गरी राजस्वमा वृद्धि गराउने जिम्मेवारी पाएका सशस्त्र प्रहरी बल नेपाल बीओपी सरमुजवाका इन्चार्ज विवादित पात्र बनेका छन् । रौतहटको बौधीमाई नगरपालिकामा रहेका बीओपी सरमुजवामा कार्यरत सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) गणेश बोहराको नाम जोडिएको एक अडियो सामाजिक सञ्जालमा भाइरल भएपछि त्यसको सत्य तथय पत्ता लगाउन र निष्पक्ष छानबिन गर्नुपर्ने माग स्थानीय स्तरबाट उठेपछि उनी विवादित पात्र बनेको स्थानीय बताउँछन् ।
भाइरल अडियोमा तस्करी सँग सम्बन्धित व्यक्तिलाई सीमाको बाटो बारे जानकारी दिइएको जस्तो सुनिएको बताइएको छ । यद्यपि उक्त अडियोको आधिकारिक पुष्टि वा फरेन्सिक परीक्षण भइसकेको छैन । त्यसैले अडियोको वास्तविकता सार्वजनिक गर्दै दोषी देखिए कानुनी कारबाही गर्नुपर्ने माग स्थानीयवासी, व्यापारी तथा सरोकारवालाहरूको भनाईं छ ।


स्थानीय व्यापारीहरूका अनुसार सीमाबाट व्यक्तिगत प्रयोजनका साना सामान ल्याउने सर्वसाधारण माथि कडाइ हुने गरे पनि संगठित तस्करीमा संलग्न समूहहरू भने सहज रूपमा सक्रिय रहेको आरोप छ । उनीहरूका अनुसार सरमुजवा, खाप लगायतका सीमावर्ती नाकाबाट रातिको समयमा कपडा, किराना, मदिरा, कस्मेटिक, हार्डवेयर तथा कवाड जस्ता सामग्री अवैध रूपमा नेपाल र भारत तर्फ निर्वाध रुपमा आयात निर्यात हुँदै आएका छन् ।
यसबीच, जिल्ला भन्सार कार्यालय गौरको तथ्यांकले पनि तस्करी नियन्त्रणको अवस्था माथि बहस बढाएको छ । आर्थिक वर्ष २०८२÷८३ मा सशस्त्र प्रहरीले करिब ४ करोड ५ लाख १९ हजार रुपैयाँ बराबरका अवैध सामान बरामद गरी भन्सार बुझाएको थियो । सोही अवधिमा नेपाल प्रहरीले भने ५ करोड ५५ लाख १८ हजार रुपैयाँ भन्दा बढी मूल्यका अवैध सामान नियन्त्रणमा लिएको तथ्यांक सार्वजनिक भए पछि रौतहटमा तस्करीको अवस्था कस्तो छ त्यसलाई पुष्टि गरिदिएको छ । तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर–११ गण पुरेनवा, प्रस्तावित भन्सार गुल्म गौर, चार वटा बोर्डर आउट पोस्ट (बीओपी) र आठ वटा सशस्त्र बेस क्याम्प परिचालनमा छन् ।
यति ठूलो सुरक्षा संरचना हुँदाहुँदै पनि राजस्व चुहावट र संगठित तस्करी नियन्त्रणमा अपेक्षित उपलब्धि हासिल हुन नसकेको भन्दै स्थानीयले सुरक्षा निकायको कार्यसम्पादनको निष्पक्ष समीक्षा गर्न र दोषी प्रमाणित हुने जोसुकै माथि कानुन अनुसार कारबाही गर्न माग गरेका छन् ।
यसबारे सशस्त्र प्रहरी बल रौतहटका प्रमुख एसपी रामहरी अधिकारीले सार्वजनिक भएको अडियोबारे जानकारी संकलन भइरहेको र आवश्यक बुझाइपछि आधिकारिक प्रतिक्रिया दिइने बताएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles