Sunday, May 31, 2026

सशस्त्र प्रहरीद्वारा स्याली नदीको टापुमा फसेका २ महिलाको उद्दार :-

ताजा / भरखरै प्राप्त

कञ्चनपुर । सशस्त्र प्रहरी बलले कञ्चनपुरको स्याली नदीको टापुमा फसेका २ महिलाको उद्दार गरेको छ। हिजो राति शुक्लाफाँटा नगरपालिका- ७ स्थित कालापानी निवासी ४० वर्षीया निर्मला भण्डारी र ३५ वर्षीया गौमती साउदलाई उद्दार गरिएको हो।
दुवैजनालाई सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीबाट सशस्त्र प्रहरी उपरीक्षक प्रेम रावलको कमाण्डमा खटिएको टोलीले उद्दार गरेको थियो। नदीको टापुबाट उद्दार गरेपछि निजहरुलाई आफन्तको जिम्मा लगाइएको रावलले जानकारी दिए।

Previous article
Next article
कैलालीमा पहिरोले भीमदत्त राजमार्ग अवरुद्ध :-धनगढी । कैलालीमा पहिरोले सडक अवरुद्ध भएको छ ।भीमदत्त राजमार्गअन्तरगत गोदावरी नगरपालिकाको सेल्फीडाँडा र बुढितोलामा सोमबार राति पहिरो गएको प्रहरीले जनाएको छ ।सुदूरपश्चिमप्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले पहिरोका कारण राजमार्ग अवरुद्ध भएको जानकारी दिएको छ ।राजमार्ग अवरुद्ध हुँदा सुदूरपश्चिम पहाडी जिल्लाबाट छुटेका सवारी साधन खानीडाँडामै रोकिएका छन् भने कैलाली र कञ्चनपुरबाट छुटेका सवारीसाधन अपनि बाटोमै छन् ।सवारीसाधन बाटोमै रोकिएपछि गन्तव्यका लागि हिडेका यात्रुहरु बाटोमै अलपत्र परेका छन् । जेसीबीको प्रयोग गरेर पहिरो पन्छ्याउने कामभइरहेको प्रहरीले जनाएको छ ।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles