Monday, June 1, 2026

इजरायलमा प्यालेस्टाइन लडाकु समूह हमासको आक्रमणका कारण अलपत्र परेका ३२ जना नेपालीलाई उद्धार गरी इजरायली सेनाले सुरक्षित स्थानमा लगेको छ । उद्धार गरिएकाहरूलाई इजरायली सेनाले नेपाली दूतावास रहेको तेलअविव क्षेत्रमा लगेको छ । केहीलाई भने बेतकाम क्षेत्रमा राखेको छ ।

ताजा / भरखरै प्राप्त

हमासको नियन्त्रणमा रहेको इजरायलको दक्षिणी क्षेत्र सेदोत नेगेभबाट ३२ जना नेपालीलाई उद्धार गरी सुरक्षित स्थानतर्फ लगिएको हो । उद्धार गरेर लगिएका बर्दियाका लुइस रिजालका अनुसार उनीहरुलाई तेल अभिभतर्फ लगिएको बताइएको छ ।

उनीहरु सुदूरपश्चिम विश्वविद्यालयबाट लर्न एण्ड अर्न कार्यक्रममा गएका हुन् । उनीहरुकै समूहका १० को आक्रमणमा मृत्यु भएको थियो । यो टोलीमा ४९ जना थिए । उद्धार गरिएका अर्का एक विद्यार्थी नितिन भण्डारीका अनुसार १३ जनालाई बेतकाम क्षेत्रमा ल्याएर राखिएको बताइएको छ ।

उद्धार गरिएकाहरूको नाम कार्यरत कृषि फर्म र नेपालको ठेगाना

सुस्मा रेग्मी – रचमिम कृषि फर्म – बान्निगढी जैगढ २, अछान
रचना चौधरी – रचमिम कृषि फर्म –टीकापुर १, कैलाली
आशा मिश्र – रचमिम कृषि फर्म –लम्किचुहा ९, कैलाली

कल्पना जोशी – शोह्रसिम कृषि फर्म – गोदावरी २, कैलाली
शिला कुमारी यादव – शोह्रसिम कृषि फर्म – बढियाताल ३, बर्दिया
साधना बोहरा – शोह्रसिम कृषि फर्म – त्रिवेणी ५, सल्यान
बिपिन सुवेदी – त्रिपुर ५, दाङ

लोकेन्द्र बिष्ट – बेनी अमार कृषि फर्म – मष्टामाण्डु ८, डडेल्धुरा
रोहित नायक – बेनी अमार कृषि फर्म – टीकापुर ६, कैलाली
निरञ्जन कुमार कुसहवा – बेनी अमार कृषि फर्म – पिपरीया ४, रौतहट
अरबिन कुमार चौधरी – बेनी अमार कृषि फर्म – दोधारा ९, कैलाली

रमेशबहादुर कार्की – बेनी अमार कृषि फर्म – बडिमालिका ७, बाजुरा
बिनोद प्रसाद शाह – बेनी अमार कृषि फर्म – गढिमाई ४, रौतहट
आभास भट्टराई – बेनी अमार कृषि फर्म – टीकापुर १, कैलाली
नरेश सिंह भण्डारी – बेनी अमार कृषि फर्म – कृष्णपुर २, कञ्चनपुर

उपेन्द्र जिसी – बेनी अमार कृषि फर्म – टीकापुर ९, कैलाली
ओमप्रकाश उपाध्याय – डेभिडियन कृषि फर्म – धनगढी २, कैलाली
गणेश साउद – डेभिडियन कृषि फर्म – लम्कीचुहा १, कैलाली
बादल सुवेदी – डेभिडियन कृषि फर्म – घोराही ४, दाङ
प्रविण जिसी – डेभिडियन कृषि फर्म – सिम्ता २, सुर्खेत

गणेशप्रसाद जोशी – डेभिडियन कृषि फर्म – मेलौली ५, बैतडी
नबिन घिमिरे – डेभिडियन कृषि फर्म – बंगलाचुली ३, दाङ
श्रेया तिवारी – डेभिडियन कृषि फर्म – रत्ननगर ४, चितवन
बिपना जोशी – डेभिडियन कृषि फर्म – लम्किचुहा ७, कैलाली

नारायण भुसाल – डेभिडियन कृषि फर्म – पयुं ५, पर्वत
मनिषा खनाल – डेभिडियन कृषि फर्म – रेसुंगा २, गुल्मी
लुईस रिजाल – डेभिडियन कृषि फर्म – गेरुवा ६, बर्दिया
प्रमोद भट्ट – कादोस कृषि फर्म – मेलौली ९, बैतडी

अनुप अधिकारी – कादोस कृषि फर्म – कमलामाई २, सिन्धुली
समपर्ण आचार्य – कादोस कृषि फर्म – तुल्सिपुर १२, दाङ
निश्चल पाण्डे – कादोस कृषि फर्म –टीकापुर १, कैलाली
बिभुसा अधिकारी – रचमिम कृषि फर्म – भरतपुर १५, चितवन

इजरायल
उद्धार

Previous article
इजरायलमा रहेका २०० बढीले घर फर्किन टिपाए नाम:-इजरायलमा रहेका २०० भन्दा बढी नेपालीले घर फर्किन नाम टिपाएका छन् ।हमास समूहले शनिबार गरेको आक्रमणमा १० नेपालीको मृत्यु भएको छ ।अहिले पनि केही सम्पर्कविहीन छन् भने कतिपय सुरक्षित स्थानको खोजीमा छन् । उनीहरुमध्ये ३२ जनालाई त्यहाँको सेनाले बंकरबाट उद्धार गरेर सुरक्षित स्थानमा लगेको छ ।तेल अबिबस्थित नेपाली दूताबासले स्वदेश फर्किन चाहने नेपालीहरुको विवरण संकलन गर्न अनलाइन रजिस्ट्रेसन समेत सुरु गरेको छ ।अहिलेसम्म २०० भन्दा बढीको विवरण संकलन भइसकेको भन्दै दूताबासले भनेको छ, ‘इजरायलमा रहनु भएका सम्पूर्ण नेपालीहरुलाई संयमता अपनाई दूतावाससँग आवश्यक समन्वय र सहयोग गर्न हार्दिक अनुरोध गरिन्छ ।’
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles