Monday, June 1, 2026

इजरायलमा मारिएका नेपालीको सम्मानमा मंगलबार राष्ट्रिय शोकको घोषणा:-इजरायल आक्रमणमा परी मृत्यु???? भएका १० नेपालीको सम्मानमा सरकारले मंगलबार राष्ट्रिय शोकको घोषणा गरेको छ ।सोमबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेको छ भने घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले भनिन्, ‘दिवंगत हुनुभएका नेपालीहरुप्रति सम्मान व्यक्त गर्न २०८० असोज २३ गते राष्ट्रिय शोक घोषणा गरी देशभरका सरकारी कार्यालय र विदेशस्थित नेपाली नियोगहरुमा राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरेको छ ।’उनका अनुसार परराष्ट्र मन्त्रालयले इजरायल सरकारसँग समन्वय गरी मृतकहरुको शव यथाशीघ्र ल्याउने तयारी छ ।मृतकका परिवारलाई राहत स्वरुप १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय पनि भएको छ ।

ताजा / भरखरै प्राप्त

Previous article
इजरायलबाट फर्किन चाहने नेपालीलाई स्वदेश ल्याउने सरकारको तयारीनेपाल सरकारले इजरायलबाट फर्किन चाहने नेपालीलाई स्वदेश ल्याउने तयारी गरेको छ । परराष्ट्र मन्त्रालयले स्वदेश फर्कन इच्छुक नेपाली नागरिकहरुको विवरण संकलनका लागि अनलाइन रजिस्ट्रेसनको तयारी भइरहेको जनाएको हो ।मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै त्यसका लागि मन्त्रालयसँगै तेल अभिभस्थित नेपाली राजदूतावास र इजरायल सरकारको समन्वयमा अनलाइन रजिस्ट्रेसनको तयारी भइरहेको जनाएको छ ।‘इजरायलबाट स्वदेश फर्कन इच्छुक नेपाली नागरिकहरुको विवरण संकलनका लागि परराष्ट्र मन्त्रालय, तेल अभिभस्थित नेपाली राजदूतावास र इजरायल सरकारको समन्वयमा अनलाइन रजिस्ट्रेसनको तयारी भइरहेको छ ।’ विज्ञप्तिमा भनिएको छ ।यस्तै इजरायलको गाजापट्टीसँगको सिमानालगयात क्षेत्रमा भएको आक्रमणमा परी १० नेपालीले ज्यान गुमाएको जनाउँदै मन्त्रालयले मृतकहरुको शव पहिचान गर्ने कार्य अन्तिम चरणमा रहेको उल्लेख गरेको छ ।प्यालेस्टाइनी विद्रोही समूह हमासले गत शनिबारदेखि गरेको आक्रमणमा परी एक नेपाली सम्पर्कविहीन रहेको मन्त्रालयले जनाएको छ । साथै केही घाइते भएका पुष्टि भएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।‘मृतकहरुको शव पहिचान गरी यथाशक्य छिटो नेपाल ल्याउन एवं घाइतेहरुको उद्धार र उचित उपचारको प्रबन्ध गर्न इजरायल सरकार समक्ष अनुरोध भइसकेको छ।’ मन्त्रालयले भनेको छ ।
Next article
बिरगंज असोज २२ गते । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साद्वारा यात्रु सहायता कक्षको स्थापना । यात्रुहरूको सुविधालाई मध्यनजर गरी जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका बिभिन्न स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको ट्राफिक प्रहरी कार्यालय पर्साले जनाएको छ।साथै अन्य ट्राफिक पोष्ट तथा नेपाल प्रहरीका सम्पुर्ण कार्यालयहरुमा समेत यात्रुहरुले सहायता लिन सक्नु हुनेछ।नजिकिँदै गरेको चाडबाडलाई मध्यनजर गरी स्थापना गरिएको सहायता कक्षमा अपराध एवं दुर्व्यहार तथा ट्राफिक सम्बन्धी गुनासोहरु राख्न सकिने छ । सहायता कक्षमा यातायात व्यवसायी संघका प्रतिनिधि, नागरिक समाजका प्रतिनिधि, ट्राफिक र जनपद प्रहरीका कर्मचारीहरु रहने जानकारी ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक भाष्कर खतिवडाले गराएका छन् ।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles