Monday, June 1, 2026

तीन कर्मचारी घुससहित पक्राउ

ताजा / भरखरै प्राप्त

वीरगञ्ज । राष्ट्रिय भूमि आयोगका तीन जना कर्मचारी झापाको हल्दिबारीमा घुससहित पक्राउ परेका छन् ।पक्राउ पर्नेहरूमा जुम्ला जिल्लाको सिजा गाउँपालिकाका २३ वर्षीय मोहन नेपाल, दोलखा तामाकोसी गाउँपालिका ४ का २२ वर्षीय विवेक पोखरेल र कैलालीको जानकी गाउँपालिका ८ का २३ वर्षीय कमल खनाल रहेका छन् ।हल्दिबारी गाउँपालिकामा खटिएका राष्ट्रिय भूमि आयोगका ती कर्मचारीहरू पक्राउ परेको प्रहरीले जनाएको छ । आइतबार राति १० बजे जनप्रतिनिधि, प्रहरी र स्थानीयवासीले उनीहरूलाई फेला पारेका थिए ।
हल्दिबारी वडा नं १ का गणेशप्रसाद पौडेलको जग्गाको मोठ कायम गर्दा ३९ हजार ६ सयको बिल काटेर ८० हजार लिएपछि घटना सार्वजनिक भएको हो। पौडेलले उनीहरुविरूद्ध जिल्ला प्रशासन कार्यालय झापामा उजुरी दर्ता गराएपछि सोमवार दिउसो प्रहरीले पक्राउ गरेको हो ।ती कर्मचारीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धानका लागि अदालतबाट म्याद थप गरेर अनुसन्धान जारी राखिएको प्रहरीले जनाएको छ ।साभार।

Previous article
Next article
इलामका १० नेपाली सिक्किममा बेपत्ता !इलाम । इलामबाट गएका १० जना नेपाली भारतमा बेपत्ता भएका बताइएकाे छ । इलाम नगरपालिका–९ का नेपालीहरु गत असोज १६ देखि सिक्किममा बेपत्ता भएका प्रारम्भिक जानकारी आएको हो । काम गर्न गएका उनीहरु असोज १७ गते टिस्टा नदीमा आएको बाढीपछि बेपत्ता भएको हुन सक्ने स्थानीयको भनाइ छ ।स्थानीय विक्रमबाबु फियाकका अनुसार टिष्टामा आएको बाढीपछि उनीहरु आफन्तसँग सम्पर्कविहीन भएका हुन् । सरकारबाट तदारुकताका साथ खोजी गरिदिन परिवारको आग्रह छ । बेपत्ता हुनेहरुमा इलाम नगरपालिका–९ का सानु भनिने सेनबहादुर कार्की, लाक्पा शेर्पा, नरमाया बस्नेत, खुशी बस्नेत, कुमार बस्नेतलथायतका रहेको इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए ।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles