पर्वको समयमा आफ्नो गन्तव्य तर्फ जाने यात्रुहरूले भोग्ने गरेको समस्यालाई न्यूनीकरण गर्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको सहायता कक्षबाट हालसम्म सयौँ यात्रुले लाभ लिएको इन्स्पेक्टर बोगटीले बताए । उनले समस्या परेको खण्डमा सोझै यात्रु सहायता कक्षामा पुगेर त्यहाँ खटाइएका प्रहरी प्रतिनिधिलाई सम्पर्क गर्न यात्रुहरूसँग आग्रह पनि आग्रह गरे ।
‘चाडपर्वको मौका छोपी साना तथा ठूला दुरीका सवारीसाधनले यात्रुलाई ठग्ने, बढी भाडा असुल गर्ने, क्षमता भन्दा बढी यात्रु चढाउने जस्ता गुनासो आउने गरेका छन्,’ इन्स्पेक्टर बोगटीले यात्रा डेलीलाई भने, ‘त्यस्तो समस्यालाई न्यूनीकरण गर्दै यात्रुलाई सुरक्षित ढङ्गबाट गन्तव्य तर्फ पुर्याउने हाम्रो उद्देश्य हो । हालसम्म यसमा सयौँ यात्रुले यसको लाभ उठाइसकेका छन् ।’त्यस्तै यात्रा गर्ने क्रममा हुने चोरी, डकैती, लुटपाट नियन्त्रण, सवारीसाधनले मापदण्ड अनुसार बुज्रुग, महिला र अपाङ्गता भएका व्यक्तिलाई दिनुपर्ने सहुलियतको निगरानी गर्न पनि सहायता कक्षले सहयोग पुर्याउने इन्स्पेक्टर बोगटीको विश्वास छ ।प्रत्येक यात्रु साहयता कक्षमा मास्क, सेनीटाइजरको पनि व्यवस्था गरिएको छ ।





