Monday, June 1, 2026

ट्राफिक प्रहरीद्वारा सवारीसाधनको अनुगमन

ताजा / भरखरै प्राप्त

वीरगञ्ज । ट्राफिक प्रहरी पर्साले आज वीरगञ्जमा सवारी साधनहरूमाथि अनुगमन गरेको छ । ट्राफिक प्रहरी पर्साका प्रमुख प्रहरी निरीक्षक भास्कर खतिवडाको प्रत्यक्ष सक्रियतामा सवारीसाधनहरूको अनुगमन गरिएको हो ।
वीरगञ्जको मुख्य चौक घण्टाघर, बसपार्कलगायतको ठाउँमा अनुगमन गरिएको खतिवडाले बताए ।उनले सडकमा जथाभाबी गाडी रोकेर यात्रु बसाउने तथा ओराल्ने, मोटरसाइकलमा दुई भन्दा बढी व्यक्तिलाई बसाउनेमाथि कारबाही समेत गरिएको जानकारी दिए ।चाडपर्व नजिकिएसँगै सडकमा भिडभाड बढ्ने र बजारमा पनि चहलपहल बढी हुने भएकोले त्यसलाई व्यवस्थित गर्न अभियान सुरु गरिएको खतिवडाले बताए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles