Monday, June 1, 2026

महोत्तरी प्रहरीद्वारा ५९ लाखभन्दा बढीको सामान बरामद:-

ताजा / भरखरै प्राप्त

महोत्तरी । भन्सार छली गरेर ल्याएको ५९ लाखभन्दा बढीको सामान महोत्तरी प्रहरीले बरामद गरेको छ । बर्दिबास नगरपालिका १४ ट्राफिक कार्यालय अगाडी पुर्व पश्चिम राजमार्ग हुदै ट्रकमा भन्सार छली चोरी निकासी गरि बिभिन्न किसिमका सामानहरु ल्याउदै गरेको सूचनाको आधारमा सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय तथा ईलाका प्रहरी कार्यालय बर्दिबासबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलिले बा ५ ख ८३८६ नम्वरको मिनी ट्रकलाई चेकजाँच गर्दा उक्त ट्रकबाट सुटको कपडा ३१०१ पिस, साडी ११९ पिस र बिभिन्न किसिमको कस्मेटिक क्रिमहरु भएको काटुन १८९ थान गरि अन्दाजी ५९ लाख १० हजार ६ सय बराबरको बरामद गरेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिलिपकुमार गिरीले जानकारी दिए ।यस्तै, ट्रकको अन्दाजी २० लाख र ट्रक चालक मकवानपुरको मनहरी गाउँपालिका वडा नं. ०३ वस्ने ४५ वर्षीय सुरेश बललाई प्रहरीले नियन्त्रणमा लिई तत्काल जरुरी पक्राउ पुर्जी दिई पक्राउ गरी उक्त नम्वरको ट्रक र ट्रक चालक सहित आवश्यक कारबाहीको लागी जलेश्‍वर भन्सार कार्यालय मलिवारा पठाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Previous article
Next article
चितवनमा यात्रु सहायता कक्ष शुभारम्भचितवन । बिजया दशमी, शुभदिपावली र छठपर्वलाई लक्षित गरी जि.प्र.का.चितवन र जि.ट्रा.प्र.का.चितवनको संयुक्तमा २२ गते जिल्ला चितवन भरतपुर म.न.पा. १० केन्द्रिय बसपार्क स्थित ने.प्र.रा.सु.तथा ट्रा.व्य.का. रामनगर चितवनका प्रमुख प्र.उ. खड्क बहादुर खत्रीको आतिथ्यतामा, जि.प्र.का.चितवनका प्र.ना.उ. विजयराज पण्डित, बिभिन्न यातायात प्रा.लि.का प्रतिनिधी, संचारकर्मी र स्थानिय बुद्धिजिवी तथा भद्रभलादमीको उपस्थितीमा नागरिक सहायता कक्ष (Help Desk) को शुभारम्भ गरी चितवन जिल्लाभरी ५ स्थान केन्द्रिय बसपार्क, पुलचोक, पोखरा बसपार्क, मुग्लिङ बजार र टाँडीमा समेतमा यात्रु सहायता कक्ष (Help Desk) राखिएको छ। दुर्घटना न्यूनीकरण सम्बन्धमा ट्रक चालकहरु र ट्राफिक प्रहरी बिचमा सडकमा जि.ट्रा.प्र.का.चितवनले अन्तर्क्रिया गरेको छ।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles