कार्की र शेर्पा बेपत्ता भएको विषयमा आफूलाई यसअघि नै जानकारीमा आएको भए पनि बस्नेतलगायत अन्यको विषयमा थाहा नभएको उनको भनाइ छ । दुई जनाको विषयमा बेपत्ता भएको जानकारीमा आएको र अन्यको विषयमा पछिल्लो समयमात्र जानकारी प्राप्त भएको उनले बताए । सिक्किमका मिडियामा खबर गरिसकेको प्रजिअ पोखरेलले बताए । बाढीका कारण त्यस स्थानमा पुग्न नसक्ने, टेलिफोन, विद्युत् सबै अवरुद्ध भएको कारण कसैसँग सम्पर्क स्थापित हुन नसकेको बताइएको छ ।
नेपालका तर्फबाट इलामका प्रमुख जिल्ला अधिकारीले त्यहाँका सुरक्षाकर्मीसँग कुराकानी भइरहेको जानकारी दिए । उद्धारमा भारतीय पक्षसमेत लागेको जानकारी आएको उनले बताए ।
