पर्सा, २४ भद्रौ

नेपाली सेनाको ४५ औं प्रधानसेनापति अशोकराज सिग्देलले आजबाट कामान्ड सम्हाल्दै छन् ।
उनलाई आज राष्ट्रपति एवम् नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलले दर्ज्यानी चिह्न प्रदान गर्नु भएका छन् ।
त्यसपछि जंगी अड्डामा आएर उनले कार्यभार सम्हाल्ने छन् ।
प्रधानसेनापति प्रभुराम शर्मा शनिबारदेखि अवकासमा जाँदै छन् ।
सैनिक सेवामा ४१ वर्ष बिताएका शर्मा गत साउन २४ गतेदेखि बिदामा बसेका छन् ।
शर्मा बिदामा बसेपछि राष्ट्रपति रामचन्द्र पौडेलले भदौ १२ मा अशोकराज सिग्देललाई प्रधानसेनापतिमा नियुक्त गरेका थिए ।
सिग्देल नेपाली सेनाको ४५ औं प्रधानसेनापति बनेका छन् ।


