Wednesday, June 3, 2026

राष्ट्रपति द्वारा नवनियुक्त प्रधानसेनापति सिग्देललाई दर्ज्यानी चिह्न प्रदान :

ताजा / भरखरै प्राप्त

पर्सा, २४ भद्रौ

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानसेनापति अशोकराज सिग्देललाई दर्ज्यानी चिह्न प्रदान गर्नु भएको छ।

राष्ट्रपति पौडेलले राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक विशेष समारोहबीच नेपाली सेनाको ४५ औं प्रधानसेनापति सिग्देललाई सो दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।

सोही समारोहमा राष्ट्रपति पौडेलले सिग्देललाई प्रधानसेनापति पद तथा गोपनीयताको शपथ ग्रहण पनि गराएका छन् ।

सिग्देललाई राष्ट्रपति पौडेलले भदौ १२ गते नै प्रधानसेनापति पदमा लागु हुने गरी नियुक्त गर्नु भएको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles