Monday, April 20, 2026

पर्सामा गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु -:

ताजा / भरखरै प्राप्त

पर्सामा भारतीय नम्बरको गाडीको ठक्करबाट एक जना मोटरसाइकल चालको मृत्यु भएको छ ।

हिजो आइतबार राती साढे ९ . २० बजे राति भारतीय नम्बरको गाडीको ठक्करबाट घटनास्थलमै एक युवकको मृत्यु भएको पर्सा प्रहरीले जनाएक छ । वीरगन्ज महानगरपालिका वडा नम्बर- १३ सरिसीया नदिको पुलमा दुईवटा भारतीय नम्बरको गाडीले ठक्कर दिँदा मोटरसाइकल चालक जटाशंकर पटेलको मृत्यु भएको पर्सा प्रहरी प्रवक्ता किशोर लम्सालले बताएका छन् ।
प्रदेश २ -०३-००४ प ५५१४ नम्बरको मोटरसाइकलमा सवार पटेल बहुदरमाई नगरपालिका वडा नम्बर -९ निवासी रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरी प्रवक्ता लम्सालका अनुसार राती ड्राइपोर्टतर्फबाट दुईवटा भारतीय गाडी आइरहेको थियो, त्यसैमध्ये एउटा गाडीको ठक्करबाट पटेलको मृत्यु भएको हो ।
अहिलेसम्म कुन गाडीको ठक्करबाट उनको मृत्यु भएको हो ।
त्यो यकिन हुन नसकेको प्रहरीले जनाएको छ ।

तर ती दुईवटै गाडीसहित एउटा चालकलाई समेत नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको पर्सा प्रहरीले जनाएको छ ।
सो धटनामा प्रहरीले ठक्कर दिएको आशङ्कामा एउटा ट्रक र एउटा ट्याङ्कर नियन्त्रणमा लिएका छन्  ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles