Friday, July 31, 2026

सद्भाव र राष्ट्रिय एकता कायम राख्न प्रहरी प्रमुख आईजिपीको अपिल

ताजा / भरखरै प्राप्त

नेपाल प्रहरीले पछिल्लो समय तराईका विभिन्न स्थानमा देखिएका धार्मिक तनावका गतिविधिप्रति चिन्ता व्यक्त गर्दै सबै नागरिकलाई संयमता र आपसी सद्भाव कायम राख्न अपिल गरेको छ ।

नेपाल प्रहरी महानिरीक्षक(आईजीपी)दानबहादुर कार्कीले एक भिडियो सन्देशमार्फत नेपाली समाजको मुख्य पहिचान नै ‘विविधतामा एकता’ भएको उल्लेख गर्दै यसलाई जोगाउनु सबैको साझा दायित्व भएको बताएका छन् ।

कार्कीले विशेषगरी पूर्वी तराईका केही स्थानहरूमा धार्मिक सद्भावमा खलल पुग्ने, डर र त्रासको वातावरण सिर्जना गर्ने खालका गतिविधिहरू देखिएको भन्दै यस्ता कार्यले कसैको पनि हित नगर्ने स्पष्ट पारेका छन् । सामाजिक सञ्जालमार्फत अफवाह फैलाउने, उत्तेजक अभिव्यक्ति दिने र कानुनको उल्लङ्घन गर्ने कार्यले समाजमा तनाव, अविश्वास र विभाजन मात्रै बढाउने उनको भनाईं रहेको छ ।

भिडियो सन्देशमा कार्कीले भनेका छन्, ‘हाम्रो धर्म, संस्कार र संस्कृति फरक हुन सक्छन्, तर मुलुक एउटै हो र हाम्रो भावना पनि एउटै छ ।’ उनले यो संवेदनशील समयमा अफवाह र घृणा फैलाउनुको सट्टा विवेक, संयम र सद्भावको बाटो अपनाउन सबैमा आग्रह गरेका छन् । अर्काको अधिकार, आस्था र मर्यादाको सम्मान गर्नु नै अहिलेको प्रमुख आवश्यकता रहेको सन्देशमा उल्लेख छ ।

नेपाल प्रहरीले सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा आपसी सम्मान र सहिष्णुताका साथ एक(अर्काको संस्कृति र आस्थाको सम्मान गर्न अपिल गरेको छ । साथै, राष्ट्रिय एकता र भाइचारालाई मजबुत बनाउँदै सामाजिक शान्ति कायम राख्ने कार्यमा सहयोग गर्न प्रहरीले सबै नागरिकसँग अनुरोध पनि गरेको जनाइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles