
नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाको च.नं. ३१०० मिति २०८१।०८।२५ गतेको प्राप्त पत्रादेशानुसार जनपद तर्फका प्रहरी हवल्दार पदबाट प्रहरी बरिष्ठ हवल्दार पदमा बढुवा हुनु भएका प्रहरी कर्मचारीहरुलाई मिति २०८१/०८/२६ गते यस जिल्ला प्रहरी कार्यालय तनहुँका कार्यालय प्रमुख प्रहरी उपरीक्षक बीरेन्द्र बहादुर शाही को अतिथ्यमा दर्ज्यानी चिन्हद्वारा सु-शोभन गरी बधाई तथा शुभकामना दिँदै पदोन्नतीसंगै बढेको दायित्व, जिम्मेवारीलाई प्रतिबद्धता अनुरूप नयाँ उर्जाका साथ निर्वाह गर्न निर्देशन दिनु भएको,उक्त कार्यक्रममा सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत तथा अन्य सकल दर्जाका प्रहरी कर्मचारीहरुको उपस्थिती रहेको थियो ।


