Wednesday, May 13, 2026

इलाका प्रहरी सेम्राैनगढको महिला-जेष्ठ नागरिक सेवा भवन आईजीद्वारा उद्घाटन

ताजा / भरखरै प्राप्त

बारा जिल्लाको इलाका प्रहरी कार्यालय सेम्राैनगढ परिसरमा नवनिर्मित महिला, बालबालिका तथा जेष्ठ नागरिकहरु सेवा केन्द्र भवनको उद्घाटन प्रहरी प्रमुख दानबहादुर कार्कीले गर्नुभएको छ । सेवा केन्द्रको उद्घाटन कार्यक्रम विशेष समारोहबीच सम्पन्न भएको जनाइएको छ ।


उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाल प्रहरीका प्रहरी प्रमुख प्रहरी महानिरीक्षक (आईजीपी) दान बहादुर कार्की उपस्थित रहनुभएको थियो । उहाँले रिबन काटेर तथा शिलालेख अनावरण गर्दै भवनको औपचारिक उद्घाटन गर्नुभएको हो ।
कार्यक्रममा बोल्दै प्रहरी महानिरीक्षक कार्कीले महिला, बालबालिका तथा जेष्ठ नागरिकहरूलाई सहज, सुरक्षित र संवेदनशील वातावरणमा सेवा प्रदान गर्ने उद्देश्यले सेवा केन्द्र स्थापना गरिएको बताउनुभयो। उहाँले पीडितमैत्री सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन यस्ता संरचनाले महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गर्नुभयो।


उद्घाटन कार्यक्रममा मधेश प्रदेश प्रहरी कार्यालयका उच्च प्रहरी अधिकृतहरू, जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख, स्थानीय जनप्रतिनिधि,विभिन्न दर्जाका सुरक्षाकर्मीहरु तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
प्रहरीका अनुसार उक्त सेवा केन्द्रमार्फत महिला हिंसा, बालअधिकार, जेष्ठ नागरिकसम्बन्धी समस्या तथा विभिन्न सामाजिक मुद्दामा परामर्श, उजुरी दर्ता तथा आवश्यक कानुनी सहजीकरण सेवा उपलब्ध गराइने इलाका प्रहरी कार्यालय बारा सेम्राैनगढका प्रहरी प्रमुख प्रहरी निरीक्षक कृष्णदेव प्रसाद साहले जानकारी गराउनु भएका छन् ।

नेपाल प्रहरी संगठन प्रमुख श्रद्धेय श्रीमान प्रहरी महानिरीक्षक दान बहादुर कार्कीज्यूको प्रमुख अतिथ्यतामा आज मिति २०८३।०१।३० गते इ.प्र.का.सिम्रौनगढ बाराको प्राङ्गण भित्र नव निर्मित महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रको भवन उद्धघाटन कार्यक्रम समपन्न भएको प्रहरी निरीक्षक केडी साहले जनाएका छन् ।
भवन सञ्चालन भएसँगै जनताले प्रवाह तथा तप प्रभावकारी हुने अपेक्षासमेत गरेको छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles