नेपाल प्रहरीमा प्रहरी जवान
पदको लिखित परीक्षाको नतिजामा गडबढ भएको
बुझिएको छ ।
लोक सेवा आयोगले लिएको जनपद समूहतर्फ रिक्त प्रहरी
जवान पदको लिखित परीक्षाको नतिजामा गडबढ भएको
खुलेका छन् ।
मंगलबार एक सूचना जारी गर्दै प्रहरी प्रधान कार्यालयले लोक
सेवा आयोगबाट गत मंसिर १ गते प्रकाशित लिखित परीक्षाको नतिजामा अन्यथा हुन
गएको जानकारी दिएको छ ।
नतिजामा अन्यथा हुन गएको
भन्दै आयोगले २६ जना उत्तीर्ण उम्मेदवारहरूको नामावली
समावेश गरी संशोधित सूचना प्रकाशन गरेको छ ।
संशोधित सूचनामा भनिएको छ, ‘नेपाल प्रहरीमा जनपद समूह तर्फ रिक्त प्रहरी जवान पदको लोक
सेवा आयोगबाट मिति २०८९/०८/०१ गते प्रकाशित लिखित परीक्षाको नतिजामा अन्यथा हुन गएकोले आयोगको मिति २०८१/०९/१६ गतेको निर्णयानुसार देहायका रोल नं. नाम थर भएका उत्तीर्ण उम्मेदवारहरूको नामावली समावेश गरी जानकारीका लागि यो संशोधित सूचना प्रकाशन गरिएको छ ।
उत्तीर्ण भएका उम्मेदवारहरूको अन्तर्वार्ता तालिका नेपाल प्रहरीको वेबसाइटमा बुधबार प्रकाशन
गरिने पनि सूचनामा
उल्लेख छ ।
यसअघि मंसिर १ गते सार्वजनिक भएको लिखित परिक्षाको नतिजामा दुई हजार ६११ जना उत्तीर्ण भएका थिए ।
उनीहरुको अन्तर्वार्तासमेत भइसकेका छन् ।


