
सर्लाहीमा यात्रुबहाक बस पल्टिँदा सशस्त्र प्रहरी निरीक्षकको मृत्यु
भएको सशस्त्र प्रहरीले बताउँछन् ।
गएराति पौने ९ बजे यात्रुबहाक बस पल्टिँदा ड्युटीमा रहेका सशस्त्र प्रहरी निरीक्षक विजय कुमार तुलाधरको
मृत्यु भएको हो ।
सर्लाहीको बलरा नगरपालिका–९ स्थित बीओपी. छतौनामा अनियन्त्रित भएर बस पल्टिँदा बसले चेपिएर निरीक्षकको मृत्युु भएको सशस्त्र प्रहरी बलले जनाएको छ ।
उपचारका लागि अस्पताल पुर्याएका तुलाधरलाई चिकित्सकले मृत घोषणा गरेको थियो ।


