Sunday, May 31, 2026

सशस्त्र प्रहरीद्वारा हुन्डी कारोबार गर्ने पक्राउ:-

ताजा / भरखरै प्राप्त

राैतहटका सशस्त्र प्रहरीले १६ लाख ४९ हजार दुई सय रुपैयाँसहित दुई जना मानिस हुन्डी कारोबारीलाई पक्राउ गरेको छ ।

राैतहट जिल्लाको ईशनाथ नगरपालिका
वाड नम्बर ४ लतमरीको सिमामा सशस्त्र प्रहरीले चेकजाँच गर्ने कर्ममा सशस्त्र प्रहरीले भारतको कुण्डवा चैनपुर बाट नेपाल तरफ आउने क्रममा प्रदेश ३३ प ९३०८ नम्बरको मोटरसाइकललाई चेक जाँच गर्दा मोटरसाइकल चालकले चलागिएको मोटरसाइकलबाट १६ लाख ४९ हजार दुई सय रुपैयाँ बरामद गरेको सशस्त्र प्रहरी नम्बर ११ गणका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) बिक्रम हुमागाईले बताएका छन् ।

पक्राउ पर्नेमा राैतहट जिल्ला राजपुर नगरपालिका वाड नम्बर ४ का शिव कुमार साह,
र सोही वडा नम्बर चारका मोहम्मद प्रवेज आलम पक्राउ परेका छन् ।

राैतहट सशस्त्र प्रहरीकाअनुसार शिव कुमार साहको साथबाट मोबाइल समेत फेला पारेको सशस्त्र प्रहरीले बताएको छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles