काठमाडौँको ठमेलमा प्रहरीलाई कुटपिट गरेको आरोपमा अनेरास्ववियुका नेता कमल जोशी पक्राउ परेका छन् ।
उनलाई प्रहरीले बिहीबार साँझ नयाँ बानेश्वरबाट पक्राउ गरेको हो ।
सत्तारूढ दल नेकपा एमालेको भातृ संगठनका नेता जोशीलाई जोगाएको भन्दै संसदमा समेत चर्को विरोध भएको थियो ।यसअघि ताप्लेजुङको फुङलिङ्ग नगरपालिका १ घर भई हाल काठमाडौँको लैनचौर बस्ने २५ वर्षका दिनेश सिग्देल र डडेलधुराको गन्यापधुरा गाउँपालिका ५ घर भई लैनचौरमै बस्ने २२ वर्षका रमेश फुलारा लाई
प्रहरीले पक्राउ
गरिसकेको छ ।
उनीहरु सबैलाई प्रहरी वृत्त दरबारमार्गको हिरासतमा राखिएको छ ।
माघ २४ गते उनीहरूको समूहले प्रहरी वृत्त दरबारमार्गको क्वीक रेस्पोन्स टीम (क्युआरटी) माथि आक्रमण गरेको थियो ।
यसअघि पक्राउ परेका दुई जनालाई अभद्र व्यवहारको कसुरमा प्रहरीले अनुसन्धान थालेको छ ।साभार


