Sunday, May 31, 2026

राैतहट जिल्लामा महिलाको शव गाडेको अवस्तामा भेटियो:-

ताजा / भरखरै प्राप्त

राैतहट जिल्लाको बृन्दावन नगरपालिका वडा नम्बर-१ स्थित आठ दिनदेखी बेपत्ता भएका महिलाको शव जंगलमा गाडिएको आवास्तामा फेला परेको राैतहट प्रहरीले पुष्टि गरेको छ ।
राैतहट जिल्लाको उत्तर पूर्वीभेग वृन्दावन नगरपालिका १ बलेरी गाउँ छेउमा जंगली बँदेल मार्न राखेको विद्युतीय पासोमा करेन्ट लागेर महिलाको मृत्यु भएपछी मृतक महिलाको शव लुकाउनेहरु ३ जनालाई राैतहटका प्रहरीले पक्राउ गरेको हो ।

रौतहटमा मृत फेला परेकी ५० वर्षीय महिलाको मृत्यु करेन्ट लागेर भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । वृन्दावान नगरपालिका–१ निवासी सुशिल विक र जितेन्द्र पटेललाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका दुबैजनामाथि कर्तव्य ज्यान मुद्दा अन्तर्गत अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक दिलिपघिमिरेले पत्रकार समेलन गरि जनाउनुभएका छन् । बृन्दावन नगरपालिकाको विश्रामपुरस्थितको जंगलमा गाडेको अवस्थामा फुलमतिया देबीको शव फेला परेको थियो प्रहरी उपरीक्षक (एसपी) दिलिपघिमिरेले बताएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles