सरकारी कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि
न्यूनतम ४० हजारदेखि १ लाखसम्म कायम हुने भएको जनाइएको छ ।
अर्थमन्त्री स्वर्णिम वाग्लेले कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि गर्ने घोषणा गरेका छन् । त्यसमध्ये १० प्रतिशत वृद्धि शुरु स्केलमा हुनेछ ।त्यसबाहेक १० प्रतिशत तलब भने मासिक प्रोत्साहन भत्ताका रुपमा हुने छ । त्यस्तै, अहिले कर्मचारीले पाइरहेको महँगी भत्तालाई निरन्तरता दिएको उनले बताए ।विगत चार वर्षदेखि तलब वृद्धि नभएको र यसबीचमा १७.३ प्रतिशत महँगी बढेको उनले बताए ।
‘कर्मचारीले हाल प्राप्त गरेको महंगी भत्तालाई निरन्तरता दिँदै सुरु स्केलमा १० प्रतिशत तलब वृद्धि गरेको छु । कार्यसम्पादनमा आधारित पारिश्रमिक प्रणालीको सुरुवात गर्न नयाँ तलबमानको १० प्रतिशत प्रोत्साहन भत्ताको व्यवस्था गरेको छु् । यसबाट हाल खाइपाई आएको पारिश्रमिकमा करिब २१ प्रतिशत खुद वृद्धि भइ ग्रेडसहित न्यूनतम पारिश्रमिक ४० हजारदेखि एक लाखमाथि कायम हुनेछ,’ उनले भने ।उनका अनुसार सरकारी कर्मचारीको तलब ग्रेडवृद्धिसहित न्यूनतम ४० हजारदेखि १ लाखसम्म बनाइने बताए ।सरकारी कर्मचारीको तलब चार वर्षदेखि तलब वृद्धि भएको थिएन।


