त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, गौचरमा कार्यरत प्रहरी हवल्दार मोतिलाल महरालाई २०८१ साल “चैत्र महिनाको उत्कृष्ट प्रहरी (BEST POLICE OF THE MONTH)” घोषणा गरी विमानस्थल सुरक्षा कार्यालयका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सोमेन्द्र सिंह राठौरबाट प्रशंसा पत्रद्वारा सम्मानित भएका छन् ।