प्रहरी वरिष्ठ नायव निरीक्षक पदबाट प्रहरी निरीक्षक पदमा पदोन्नति भएका ६१ जनामध्ये ६० जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)ले दर्ज्यानी पाएका छन् । प्रहरी महानिरीक्षक दीपक थापाले प्रहरी प्रधान कार्यालय नक्सालमा आज बुधबार आयोजित समारोहमा उनीहरूलाई दर्ज्यानी चिन्ह प्रदान गर्नु भएका छन् ।
दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक थापाले दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।
पदोन्नतिसँगै वृद्धि भएको पदीय दायित्व र मर्यादालाई आत्मसाथ गरी संगठनको श्रीवृद्धिका लागि उच्च मनोबल एवं सामूहिक भावनाका साथ कार्यसम्पादन गर्न उनले निर्देशन दिए हो ।