नेपाल प्रहरीका ७ डीआईजीकाे सरूवा भएको छ ।
नेपाल सरकारले सात जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)हरुको सरुवा गरेको छ । आज,आइतबार बसेको गृहमन्त्रीस्तरको निर्णयले सात जना (डीआईजी)को सरुवा गरको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । सरुवा हुनेमा कोशीमा ईश्वर कार्की, मधेसमा उमाप्रसाद चतुर्वेदी, बागमतीमा अरुण पौडेल, गण्डकीमा दिनेश आचार्य, लुम्बिनीमा राजेन्द्र भट्ट र सुदुरपश्चिममा डम्बर बहादुर विकलाई सरुवा गरिएको बताइएको छ ।