Sunday, May 31, 2026

काठमाडौंमा स्रोत नखुलेको ९५ लाखसहित ४ जना पक्राउ:-

ताजा / भरखरै प्राप्त

काठमाडौंबाट स्रोत नखुलेको ९५ लाख १७ हजार ५०० रुपैयाँसहित चार जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका ९ पिंगलास्थानस्थित पशुपति भिजन अगाडि सडमा २ वटा मोटरसाइकलमा शंकास्पद अवस्थामा देखिएपछि, पक्राउ गरेको सूचना अधिकारी प्रहरी उपरीक्षक (एसपी) अपील राज बोहराले जानकारी दिएका छन् । पक्राउ पर्नेमा तार्केश्वर नगरपालिका ३ फेदीका २९ वर्षीय समुन्द्र जमकट्टेल, सप्तरीका सप्तकोशी नगरपालिका १ घर भएका ४३ वर्षीय गणेश राई, लमजुङ दोदी गाउँपालिका ३ का ३१ वर्षीय सन्तोष गुरुङ र अर्का ३९ वर्षीय सन्तोष घिमिरे रहेको प्रहरीले बताउँछन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles