Sunday, May 31, 2026

सशस्त्र प्रहरी धनुषाद्वारा लाखौं लाखको अबैध कपडा बरामद:-

ताजा / भरखरै प्राप्त

सशस्त्र प्रहरी धनुषाले
धनुषा जिल्लाको धनौजी गाउँपालिका–१ लखौरी सीमा इलाका नजिकै सशस्त्र प्रहरी बल नेपाल र भन्सार कार्यालय जनकपुरको सन्युक्त टोलिले ठूलो मात्रामा अवैध कपडा बरामद गरेको सशस्त्र प्रहरी सशस्त्र प्रहरी जनकपुरधामले जनाएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय बर्दिबासको विशेष सूचनाको आधारमा भारतबाट भन्सार छली ल्याउँदै गरेको १५ लाख बराबरको कपडा संयुक टोलीले बरामद गरेको सशस्त्र प्रहरीले जानकारी दिएको हो । बरामद कपडा आवशयक कारवाहीको लागि हिजो शुक्रवार जनकपुर भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी धनुषाले जनाएको छ ।

सशस्त्र प्रहरी बल मधेश प्रदेशको प्रमुख डीआईजी कृष्ण ढकालले सशस्त्र प्रहरी बललाई सीमाक्षेत्रमा सक्रिय भएर तस्करी नियन्त्रण गर्न कडा निर्देशन दिएका छन् ।

डीआईजी ढकाल मधेश प्रदेश सशस्त्र प्रहरी प्रमुखको रूपमा हाजिर भएका दिन देखिनै सशस्त्र प्रहरीले सीमा क्षेत्रमा सक्रियता बढाएको सशस्त्र प्रहरी प्रमुख कृष्ण ढका डीआईजीले बताएको हो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles