

सशस्त्र प्रहरी बल नेपाल पर्साद्वारा रु.६,६९,७००,बराबरको तस्करीको सामान भन्सार दाखिला गरेको छ ।
मिति २०८२।०३।१० गते सशस्त्र प्रहरी बल,नेपाल नं.१३ गण हे.क्वा.पर्सा, प्र.सी.सु.गुल्म वीरगञ्ज र वीरगञ्ज भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले बिशेष सुचनाको आधारमा वी.म.न.पा.-१६, नगुवा टोल स्थित रमुना सहनीको तीनतले पक्की घरको ग्राउण्ड फ्लोअरको कोठामा भारतबाट अबैध रुपमा भन्सार छली ल्याई लुकाई छिपाई गोदाम गरि राखेको अवस्थामा मुल्य रु.५,५७,७००।-बरावरको CHAIR WHEELS, REVOLVING CHAIR, जिरा, सोफा कभर तथा उक्त कार्यमा प्रयोग गरिएको १ वटा मो.सा.समेत नियन्त्रणमा लिई आवश्यक कारवाहिको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको छ।
सशस्त्र प्रहरी पर्साका
सुचना अधिकारी
देबेन्द्र बहादुर सिंह
सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी)ले जानकारी दिएको हो ।