



मिति:२०८२।०४।१२ गते ।
मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक उमा प्रसाद चतुर्बेदीज्यू तथा मधेश प्रदेश प्रहरी मातहतका कार्यालय प्रमुखहरु बिच भर्चुअल माध्यमबाट आर्थिक बर्ष २०८१/०८२ को लागि बार्षिक कार्य सम्पादन सम्झौता भए अनुसार आर्थिक वर्षको कार्य प्रगति विवरण समिक्षा कार्यक्रम सम्पन्न भएको छ । समिक्षामा जिल्ला प्रहरी कार्यालय पर्सा कार्य सम्पादन सम्झौता बमोजिम सर्वोत्कृष्ट जिल्ला भएकोमा हार्दिक बधाई सहित आगामि दिनहरुमा समेत प्रशंसनीय कार्यको निरन्तरताका लागि शुभकामना दिनु भई अन्य मातहत कार्यालयहरुलाई समेत बार्षिक कार्य सम्पादन सम्झौता वमोजिम आफ्नो लक्ष्य अनुसार पुरा गर्नु पर्ने कार्यहरुमा गम्भिरतापूर्वक लागि पर्न आवश्यक निर्देशन दिनु भएको छ । उक्त कार्यक्रममा यस कार्यालयका सिनियर प्रहरी अधिकृत, मधेश प्रदेश प्रहरी गण जनकपुरका निमित्त प्रमुख तथा यस कार्यालयका जुनियर प्रहरी अधिकृतहरुको उपस्थिती रहेको थियो ।


