Friday, April 24, 2026

नेपाल प्रहरीको जग्गा सात वर्षको पुरानो निर्णय उल्टिँदा संगठनभित्र खुशीको लहर:-

ताजा / भरखरै प्राप्त

एकेडेमीको जग्गा फिर्ता ल्याएपछि प्रहरी प्रमुख आईजिपी कार्कीले दिए प्रधानमन्त्री र अग्रज प्रहरी अधिकृतहरुलाई धन्यवाद दिएको छन् ।

सरकारले महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ११४ रोपनी ३ आना क्षेत्रफलको जग्गा पुनः प्रहरीकै नाममा कायम रहने निर्णय गरेसँगै प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले प्रधानमन्त्री बालेन्द्र शाह, सिंगो मन्त्रीपरिषद्र यसका लागि बिगत लामो समयदेखि पहल गर्दै आएका अवकास प्राप्त प्रहरी अधिकृतहरुलाई धन्यवाद ज्ञापन गरेका छन । यसअघि २०७५ भदौ १ गते उक्त जग्गा राष्ट्रपति कार्यालयको नाममा रहने गरी निर्णय गरिएको थियो । तर, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको निरन्तर प्रयासपछि उक्त निर्णय पुनरावलोकन भई जग्गा पुनः राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानकैनाममा कायम गरिएको हो ।

फेसबुकमार्फत आईजीपी कार्कीले यस निर्णयलाई नेपाल प्रहरी संगठनका लागि ऐतिहासिक उपलब्धि भएको र यसले नेपाल प्रहरीको संस्थागत सुदृढिकरण, दीर्घकालिन भौतिक पूर्वाधार विकास र व्यवसायिक दक्षता अभिवृद्धिमा दुरगामी सकारात्मक प्रभाव पार्ने विश्वास लिएको बताएका छन । साथै, आगामी दिनहरुमा समेत नेपाल प्रहरीको क्षमता अभिवृद्धि एवं प्रभावकारी सेवा प्रवाहका लागि नेपाल सरकारबाट निरन्तर अभिभावकत्व प्राप्त हुने अपेक्षा समेत व्यक्त गरेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles