Sunday, April 26, 2026

जेनजी आन्दोलन :काठमाडौंबाट मात्रै १५९ पक्राउ, ८२ जना हिरासतमा:-

ताजा / भरखरै प्राप्त

काठमाडौं । २३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा तोडफोड र आगजनीमा उत्रिएकामध्ये काठमाडौंबाट मात्रै १५९ जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार अहिलेसम्म १५९ जनालाई पक्राउ गरिएको हो । ती मध्ये अहिले परिसरको हिरासतमा ८२ जना छन् । बाँकी भने केही तारेखमा छुटेका छन्, केहीको अदालतमा मुद्दा गएर आदेश समेत भइसकेको छ ।पक्राउ पर्नेहरूमा हत्यादेखि, चोरी, हातहतियार खरखजना, कर्तव्य ज्यान, आपराधिक उपद्रव, अभद्र व्यवहारसम्मका आरोपीहरू छन् ।
आन्दोलनको क्रममा महत्त्वपूर्ण प्रतिष्ठानदेखि व्यक्तिका नीजि सम्पत्तिहरुमा तोडफोड र आगजनी भएको थियो । नीहरूलाई अहिले प्रहरीले धमाधम पक्राउ गरेर कारबाही गर्दै आएको छ ।पक्राउ परेकामध्ये प्रहरी हत्या गर्ने पाँचसहित आठ जना पुर्पक्षका लागि कारागार चलान भइसकेका छन् ।
नव जनप्रहारबाट

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles