Tuesday, May 19, 2026

मोरङ प्रहरीद्वारा स्रोत नखुलेको ६ लाख भन्दा बडी रकम बरामद:-

ताजा / भरखरै प्राप्त

मोरङको बिराटनगर महानगरपालिका–१७ मटेरुवा स्थितबाट स्रोत नखुलेको अवैध रकम सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। मंसिर १७ गते कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समूह (PIT) बाट खटिएको टोलीले चेकजाँचको क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको को २४ प ७९८४ नम्बरको मोटरसाइकल चालक बिराटनगर–१८ का रवि शाहलाई नियन्त्रणमा लिएको हो। उनको साथमा लुकाइछिपाई राखिएको स्रोत नखुलेको ६ लाख ४९ हजार ५ सय रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ परेका शाहलाई इलाका प्रहरी कार्यालय रानीमा बुझाई थप अनुसन्धान भइरहेको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles