मधेश प्रदेश प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) ओम प्रसाद अधिकारीले नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, पथलैयाको अनुगमन, निरीक्षण,तथा निर्देशन प्रदान गर्नुभएका छन् । निरीक्षणका कार्यक्रमा ट्राफिक कार्यालय पथलैयाका कार्यालय प्रमुख प्रहरी उपरीक्षक (एसप) ज्ञानेन्द्र बहादुर बस्नेतले स्वागत गरिएको थियो। प्र.ना.म.नि.ले कार्यालय परिसर, प्रशासनिक शाखा, अभिलेख व्यवस्थापन, ड्युटी परिचालन, स्रोत–साधनको अवस्था तथा समग्र कार्यसम्पादनको निरीक्षण गर्नुभएका छन् । नेपाल प्रहरी प्रदेश कार्यलय,वीरगंज, पर्साका कार्यालय प्रमुख प्रहरी बरिस्ठ उपरीक्षक (एसएसपी) समेत उपस्थित रहेको थियो, सो कार्यक्रममा ने.प्र.रा.सु.तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुखबाट कार्यालयको संगठनात्मक संरचना, जनशक्ति परिचालन, राजमार्ग सुरक्षा, ट्राफिक व्यवस्थापन, दुर्घटना न्यूनीकरण, सवारीसाधन चेकजाँच, सेवा प्रवाह, चुनौती तथा भावी कार्ययोजनासम्बन्धी प्रस्तुतीकरण (ब्रिफिङ) गरिएको जनाइएको छ।
अनुगमन तथा निर्देशनका क्रममा डीआईजीले राजमार्गमा हुने सवारी दुर्घटना न्यूनीकरण, ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन, ओभरलोड, ओभरस्पिड तथा लापरवाहीपूर्ण सवारी सञ्चालन नियन्त्रणमा विशेष सक्रियता अपनाउन निर्देशन दिनुभएका छन् । साथै यात्रु तथा सवारीसाधनको सुरक्षित, सहज र व्यवस्थित आवागमन सुनिश्चित गर्न उच्च व्यावसायिकता, अनुशासन, इमान्दारिता र जिम्मेवारीका साथ कार्यसम्पादन गर्न सम्पूर्ण प्रहरी कर्मचारीलाई निर्देशन दिनुभएका छन् ।
उनले सेवाग्राहीप्रति शिष्ट, मर्यादित र नागरिकमैत्री व्यवहार कायम राख्दै कानुनको निष्पक्ष कार्यान्वयन, भ्रष्टाचारप्रति शून्य सहनशीलता तथा नेपाल प्रहरीप्रतिको जनविश्वास अभिवृद्धि हुने गरी सेवा प्रवाह गर्नुपर्नेमा विशेष जोड दिनुभएका छन् । कार्यक्रममा उपस्थित प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरूसँग कार्यालयको कार्यसम्पादनलाई अझ प्रभावकारी बनाउने विषयमा छलफल गर्नुका साथै आवश्यक सुझाव एवं निर्देशनसमेत प्रदान गर्नुभएका छन् । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, पथलैया राजमार्गलाई सुरक्षित, व्यवस्थित र दुर्घटनारहित बनाउने अभियानमा निरन्तर प्रतिबद्ध रहँदै नागरिकलाई गुणस्तरीय, प्रभावकारी र नागरिकमैत्री सेवा प्रदान गर्न सदैव तत्पर रहेने बताएका छन् ।


