Tuesday, May 19, 2026

तोरीमा छरेको विषादीले नौ वटा मृग हरिन बच्चासहित मरेको अनुमान:-

ताजा / भरखरै प्राप्त

नवलपुरमा एकैदिन एकै ठाउँमा नौ वटा मृग मरेका छन् । जिल्लाको देवचुली नगरपालिका–१३ मा रहेको मातृभूमि मध्यवर्ती सामुदायिक वनमा नौ वटा मृग मृत फेला परेका हुन् ।

प्रारम्भिक अनुसन्धानबाट किसानले तोरीमा छरेको विषादीका कारण मृग मरेको हुन सक्ने देखिएका चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिनुभयो । सबै मृगको शरीरमा कुनै पनि बाहिरी चोटपटक नदेखिएकाले विषादी छरेको तोरी खाएर मृगहरू मरेको हुन सक्ने उहाँको भनाइ छ ।

मरेका नौ मृगमध्ये एउटा बच्चा रहेको छ ।

यो तस्बिर समाजिक संजालबाट ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles