Sunday, May 31, 2026

कैलाली प्रहरीद्वारा ४ केजी चरेससहित हरिश, नन्दलाल,जनक,पक्राउ:-

ताजा / भरखरै प्राप्त

कैलाली जिल्लामा लागुऔषधविरुद्ध गरिएको संयुक्त अपरेशनमा चार किलोभन्दा बढी चरेस र खैरो हेरोइनसहित तीन जना पक्राउ परेको कैलाली प्रहरीले बताउँछन् ।
जिल्ला प्रहरी कार्यालय कैलाली तथा लागूऔषध नियन्त्रण ब्युरो महेन्द्रनगरबाट खटिएको संयुक्त टोलीले जिल्लाका विभिन्न स्थानमा छापा मारेर चार किलो २४७ ग्राम चरेस, २७ ग्राम ७६० मिलिग्राम खैरो हेरोइन, २२८ ट्याबलेट स्पास, २० ट्याबलेट नाइट्रोभेट र १० हजार रुपैयाँ नगद बरामद गरेको प्रहरीले जनाएको छन् ।

पक्राउ पर्नेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ बस्ने २८ वर्षीय हरिश बिष्ट, बझाङको केदारस्युँ गाउँपालिका–७ बस्ने ४५ वर्षीय जनकबहादुर धामी र कैलालीको गौरीगंगा नगरपालिका–१ लठैया बस्ने ४६ वर्षीय नन्दलाल उपाध्याय रहेका छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहका अनुसार उनीहरूलाई नियन्त्रणमा लिएर लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जानकारी दिएको छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles