Thursday, April 16, 2026

पर्सा प्रहरीद्वारा सात हजार पाँच सय लागुऔषध अफिम र गाँजाको बोट नष्ट:-

ताजा / भरखरै प्राप्त

पर्सा जिल्लामा ७ हजार ५०० अवैध गाँजा र अफिमका बोट पर्सा प्रहरीले फडानी गरेर नष्ट गरेको पर्सा प्रहरीले जनाएको छ ।
पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नं. ४ र ५ मा प्रहरीले अवैध रूपमा लगाइएको गाँजा तथा अफिम खेती फडानी गरी नष्ट गरेको छ।


मिति २०८२ फागुन २ गते दिउँसो करिब ३:४० बजे प्राप्त सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट प्रहरी निरीक्षक समुन्नत अधिकारीको कमाण्डमा २५ जनाको टोली खटिएको थियो।


टोलीले वडा नं. ४ फरदवा स्थित आधारभूत अस्पताल नजिकको ऐलानी जग्गासहित विभिन्न स्थानमा करिब १३.५ कठ्ठा क्षेत्रफलमा लगाइएको ५ हजार गाँजा र २ हजार ५ सय अफिमका बोट फडानी गरी नष्ट गरेको इ.प्र.का. पटेर्वा सुगौली पर्सा ले जनाएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles