बालेनलाई बधाई दिँदै भारतीय समकक्षी मोदीले भने- तपाईंसँग काम गर्न म उत्सुक छु काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साह (बालेन)लाई भारतीय समकक्षी नरेन्द्र मोदीले बधाई दिएका छन् । भारतीय प्रधानमन्त्री मोदीले शुक्रबार दिउँसो फेसबुकमार्फत बधाई दिएका हुन् ।
‘नेपालका प्रधानमन्त्रीका रूपमा शपथ ग्रहण गर्नुभएकोमा श्री बालेन्द्र शाहलाई हार्दिक बधाई, तपाईँको नियुक्ति नेपाली जनताले तपाईँको नेतृत्वमा राखेको विश्वासको प्रतिबिम्ब हो । भारत–नेपालबीचको मित्रता र सहकार्यलाई दुवै देशका जनताको पारस्परिक हितका लागि अझ उचाइमा पु¥याउन तपाईंसँग नजिकबाट काम गर्न म उत्सुक छु,’ प्रधानमन्त्री बालेनलाई बधाई दिँदै मोदीले लेखेका छन् ।
भारतीय प्रधानमन्त्री मोदीले बालेनसँग नेपाल भारत सम्बन्ध र सहयोगलाई अझ बढी उचाइमा पुर्याउन निकटतासाथ काम गर्ने अपेक्षा पनि राखेका छन्। बालेन शुक्रबार नेपालका प्रधानमन्त्री नियुक्त भएका छन् ।


