Tuesday, April 7, 2026

पोखरा फेवातालको किनारमा रहेको २० रोपनी जग्गा बिनामुआब्जा दर्ता खारेज:-

ताजा / भरखरै प्राप्त

गृहमन्त्री सुधन गुरुङले पोखरामा भाडामा लिएका २० रोपनी जग्गाको भुक्तानी पाँच वर्षदेखि नगरेको खुलासा भएको छ। जग्गाधनी ओमबहादुर गुरुङका अनुसार, १५ वर्षको सम्झौतामध्ये केवल एक वर्षको भाडा मात्र प्राप्त भएको छ।

स्थानीयका अनुसार, सुधन गुरुङले वर्षमा २ लाख रुपैयाँ तिर्ने गरी उक्त जग्गा भाडामा लिएका थिए र रिसोर्ट तथा पर्यटक लक्षित संरचना निर्माण गर्दै थिए। तर निर्माणको क्रममा स्थानीयसँग विवाद उत्पन्न भएपछि गुरुङ सम्पर्कविहीन बनेका थिए।

जग्गाधनी ओमबहादुर गुरुङले भने, “५–६ वर्ष भयो सम्झौता गरेको। एक वर्षको भाडा मात्र पाएँ। त्यसपछि पैसा पाएको छैन। धेरै पटक सम्पर्क गरेको, तर सम्पर्कमै आउनुभएन।”
पोखरा मेयर धनराज आचार्यका अनुसार सुधनले आफ्नो जग्गामा डोजर लगाउन भनेको विषयमा अवरोध नगर्ने बताएका थिए। यद्यपि, भाडा भुक्तानी र सम्पर्कमा नआएपछि विवाद अझ बढेको छ।

जग्गाधनीले भने, “भाडा त नियम कानुनले अहिलेसम्म दिनुपर्ने हो। उहाँ त स्थिति बसाल्ने, कानुन बसाल्ने भन्दै हिँड्नुभएको छ, तर आफ्नो सम्झौताको भाडा दिनुभएको छैन।”
उक्त जग्गा १५ वर्षका लागि भाडामा लिइएको थियो। केही संरचना निर्माण भएपछि सुधनले त्यही छोडेर बाहिरिएका थिए। जग्गाको नापी र दर्ता प्रस्ट नहुँदा अझै विवाद चलिरहेको जनाइएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles