गृहमन्त्री सुधन गुरुङले आफूले पिर्के सलामी नखाने घोषणा गरेका छन् । नवलपुरस्थित सशस्त्र प्रहरी बलको कार्यालय पुगेका उनले आफूले पिर्के सलामी नलिने निर्णय गरेको सुनाएका हुन् ।केही दिनदेखि विभिन्न जिल्लाको भ्रमणमा रहेका गृहमन्त्री गुरुङ आइतबार नवलपुर पुगेका छन् ।

गृहमन्त्री गुरुङलाई सशस्त्रका डिएसपी लक्ष्मण बरालले स्वागत गरेका थिए ।
गृहमन्त्री सशस्त्रको कार्यालय पुग्दा नवलपुरका सहायक सीडीओ चिरन्जिबि राना, एसपी युवराज खडका, अनुसन्धानका एसपी अभिनय कुमार सिंह लगायतको समेत सहभागी थिए ।गुरुङले उनीहरुसंग जिल्लाको शान्ति सुरक्षा, सुरक्षा जोखिमलगायत विषयमा छलफल गरेका थिए ।


