Tuesday, July 14, 2026

मिटरब्याज पीडितसँग वार्ताका लागि बारेको निजगढ पुगे गृहमन्त्री

ताजा / भरखरै प्राप्त

मिटरब्याज पीडितहरुसँग प्रत्यक्ष संवाद गर्न गृहमन्त्री सुधन गुरुङ आज मंगलबार बारा जिल्लाको निजगढ पुगेका छन् । गृहमन्त्री गुरुङ बुद्ध एयरको विमानमार्फत सिमरा पुगेपछि त्यहाँबाट स्थलमार्ग हुँदै निजगढ आइपुगेका बताइएको छ ।

निजगढ पुगेलगत्तै उनले ‘पैदल न्याय मार्च’मा सहभागी मिटरब्याज पीडितहरूसँग छलफल सुरु गरेका छन्।
मिटरब्याज पीडितहरू न्यायको माग गर्दै जनकपुरधामबाट काठमाडौंतर्फ पैदल यात्रा गरिरहेका छन् । उनीहरूको टोली सोमबार साँझ निजगढ पुगेको थियो।

मंगलबार बिहान पैदल यात्रा पुनः सुरु गर्ने तयारीमा रहेका पीडितहरूलाई गृहमन्त्री भेट्न आउने जानकारी स्थानीय प्रहरीले दिएपछि उनीहरूले यात्रा स्थगित गर्दै निजगढमै बसेको बाराको प्रहरीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles