मोटरसाइकल दुर्घटनामा परी घाइते भएका प्रहरी निरीक्षक अभय लामाको मृत्यु भएको छ ।
राष्ट्रले एउटा सच्चा र इमान्दार पहरेदार गुमायो,
नेपाल प्रहरीको गरिमामय संगठनमा रहेर विगत १० वर्षदेखि अहोरात्र देश र जनताको सेवामा समर्पित इन्सपेक्टर अभय लामाको असमयिक निधन भएको छ ।राष्ट्रले एउटा सच्चा पहरेदार गुमाएको छ । तपाइको साहस, इमान्दारिता र त्यो सदाबहार मुस्कान अब केवल स्मृतिमा मात्र बाँकी रह्यो।

ट्रकको ठक्करबाट रामेछाप घरभएका इन्स्पेक्टर लामाको निधन भएको जनाइएको छ।
ट्रकको ठक्करबाट रामेछाप घर भएका ट्राफिक प्रहरी निरीक्षक प्रहरी अधिकृत (इन्स्पेक्टर) अभय लामाको निधन भएको बताइएको छ ।
३२ वर्षीय लामा चढेको बाप्र०२-०२९ प ९४१५ नम्बरको मोटरसाइकललाई बाप्र ०३-००१ ख १७१५ नम्बरको ट्रकले आइतबार राति सवा ११ बजे ठक्कर दिएको हो ।
तारकेश्वर नगरपालिका-८ डाँडागाउँस्थित सडकमा नेपालटारबाट फुटुङतर्फ जाँदै गरेका लामालाई विपरीत दिशाबाट आएको ट्रकले ठक्कर दिएको थियो । उनलाई उद्धार गरी उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि बीएण्डबी असप्ताल पठाइएकोमा उपचारकै क्रममा उनको निधन भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीले जानकारी दिएका छन् ।
लामा काठमाडौं उपत्यमा ट्राफिक प्रहरी कार्यालयको मानव स्रोत व्यवस्थापन शाखामा कार्यरत रहेको थिए । लामाले २०७२ सालमा प्रहरी जवानमा भर्ना भै खुला प्रतिस्पर्धाद्वारा प्रहरी सहायक निरीक्षक र पछि, फेरि खुला प्रतिस्पर्धाबाटै प्रहरी निरीक्षकमा नाम निकालेका थिए ।
ठक्कर दिने ट्रक चालक मकवानपुरको मनहरी-५ का ३८ वर्षीय राम मोक्तानलाई नियन्त्रणमा लिएको काठमाडौं प्रहरीले जनाएका छन् ।


