Saturday, April 18, 2026

सशस्त्र प्रहरीका नायव महानिरीक्षक डीआईजीहरुको बढुवामा घेराबन्दी:-

ताजा / भरखरै प्राप्त

सशस्त्र प्रहरी नायव महानिरीक्षक डीआईजीको बढुवा घेराबन्दीमा रहेको देखिन्छ, नियममा सबै, छनोटमा नै, सीमित छन् ?

सशस्त्र प्रहरीको D.I.G. बढुवाको लागि केवल १३ जना S.S.P. लाई मात्र योग्य ठहर गरिएको छ, जुन विद्यमान नियमावलीको स्पष्ट मर्म विपरीत रहेको देखिन्छ। सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ४० मा बढुवाका लागि आवश्यक सेवा अवधिको व्यवस्था उल्लेख गरिएको छ। सोही नियमको उपनियम (२) ले D.I.G. तथा सोभन्दा माथिल्लो पदमा बढुवाका लागि न्यूनतम सेवा अवधिको हद लागू नहुने स्पष्ट व्यवस्था गरेको छ। यसको अर्थ हो, S.S.P. पदमा रहेका र बढुवाका अन्य मापदण्ड पूरा गरेका सबै अधिकृतहरू प्रतिस्पर्धाका लागि योग्य हुनुपर्ने हो ।

यसरी नियमावलीले खुला प्रतिस्पर्धाको अवसर खोलिदिएको अवस्थामा, कुन आधारमा केवल १३ जना एसएसपीलाई मात्र यो’ग्य ठहर गरियो ?
जब नियमावलीले नै सेवा अवधिको बन्देज हटाएको छ भने सीमित व्यक्तिको घेराभित्र बढुवालाई खुम्च्या’उनु प्रचलित कानुनको ध!ज्जी उडाउनु मात्र होइन, अन्य योग्य र सक्षम अधिकृतहरूको वृत्ति विकासमाथि गरिएको प्रहा’र पनि हो । केही सीमित व्यक्तिलाई मात्र योग्य ठहर गर्नु कानुनी तथा नैतिक दुवै दृष्टिले उपयुक्त देखिँदैन। संगठनभित्र सबै योग्य सशस्त्र प्रहरी बरिस्ठ उपरीक्षक (एसएसपी)हरूलाई समान अवसर सुनिश्चित गरियोस्। विधिभन्दा माथि कोही छैनगृह मन्त्रालयको ध्यान जाओस् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles