सशस्त्र प्रहरी बल¸ नेपालले श्रोत नखुलेको नेपाली रुपैया पाँच लाख बाईस हजार चार सय नब्बे रुपैयाँ सहित दुईजना ब्यक्तीलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी राैतहटले जनाएको छ । रौतहटका बिभिन्न स्थानहरुबाट अवैध भारतिय ब्रोईलर कुखुरा पनि सशस्त्रले नियन्त्रणमा लिएर नष्ट गरेको सशस्त्र प्रहरी राैतहटले जनाएको छ ।

सशस्त्र प्रहरी बल¸ नेपाल बि.ओ.पि. बेलबिछवाबाट खटिएको सीमा गस्तिका टोलिले जिल्ला रौतहट राजदेवी नगरपालिका वडा नं ०८ सोफियामाई सीमा ईलाकामा सानो सीमा स्तम्भ नं. ३४३-२ देखि पूर्व तर्फ भारतबाट नेपालतर्फ आउदै गरेको BR06 A 6292 नं. को भारतीय नम्बरको मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा उक्त मोटर साईकलमा सवार दुई जना व्यक्तिहरुको साथबाट उक्त रकम फेला परेको सशस्त्र प्रहरीले बताउँछन् ।
निजहरुको शरिर खानतलाशी गर्दा जिल्ला सितामढी बस्ने बर्ष ४६ को नजिर नटको साथबाट नेपाली रुपैया तीन लाख बाईस हजार र जिल्ला सर्लाही बस्ने बर्ष ५५ को मुम्ताज अंसारीको साथबाट नेपाली रुपैया दुई लाख चार साय नब्बे रुपैयाँ सशस्त्र प्रहरीले बरामद गरेका छन् ।
निजहरुले उक्त रकमको श्रोत खुलाउन नसकेपश्चात मोटर साईकल र नगद सहित दुबै जनालाई नियन्त्रणमा लिई आवश्यक कारबाहिको लागि आजै भन्सार कार्यालय गौरमा बुझाईएको सशस्त्र प्रहरी बल¸ नेपाल सीमा सुरक्षा गुल्म गौरका गुल्मपती सशस्त्र प्रहरी नायव उपरिक्षक (डीएसपी) प्रेम सागर बिष्टले जानकारी दिएका छन् ।

सशस्त्र प्रहरी बल¸ नेपाल सीमा सुरक्षा गुल्म गौरबाट खटिएको चेकपोईन्ट डियुटीले जिल्ला रौतहट गौर नगरपालिका १ कानुपट्टी सीमा ईलाकामा मुख्य सीमा स्तम्भ नं. ३४४ को नजिकैबाट सशस्त्र प्रहरी बल¸ नेपाल वि.ओ.पि सरमुजवाबाट खटिएको चेकपोईन्ट डियुटीले जिल्ला रौतहट परोहा नगरपालिका वडा नं ०८ नरकटिया सीमा ईलाकामा सानो सीमा स्तम्भ नं. ३५५-२ देखी पूर्वतर्फबाट भारतबाट नेपालतर्फ ल्याउदै गरेको अवैध भारतिय ब्रोईलर कुखुरा ५४ वटा (१८६के.जि.) नियन्त्रणमा लिई स्थानिय जनप्रतिनिधि लगायत स्थानीय भद्रभलादमीहरु को उपस्तिथिमा नस्ट गरिएको सशस्त्र प्रहरी राैतहटले जानकारी दिएको छ ।


