Saturday, April 18, 2026

सशस्त्र प्रहरीद्वारा भारतीय नागरिक स्रोत नखुलेको पाँच लाख,नगदसहित पक्राउ:-

ताजा / भरखरै प्राप्त

सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरीका अनुसार भारतबाट नेपालतर्फ आउँदै गरेका ३० वर्षीय आदेश कुमार चौधरीलाई शंकास्पद अवस्थामा जाँच गर्दा ठूलो परिमाणमा नगद फेला परेको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी नायब उपरीक्षक तिलक बहादुर खड्का को कमाण्डमा खटिएको मोबाइल गस्ती टोलीले जाँच गर्ने क्रममा चौधरीको साथबाट ५ लाख १ सय १५ रुपैयाँ बरामद गरेको जनाएको छ।उनले रकम कपडाको गोजी र जुत्ताभित्र लुकाएर ल्याउँदै गरेको अवस्थामा भेटिएको थियो। प्रहरीका अनुसार चौधरी बिहार राज्य अन्तर्गत अररिया जिल्ला, जोबनीका बासिन्दा हुन्।उनको साथबाट भारतीय मोटरसाइकल, एक थान मोबाइल, एउटा घडी र सुनजस्तो देखिने दुई वटा औँठीसमेत बरामद गरिएको छ।बरामद रकमको स्रोत खुल्न नसकेको र सवारी साधनको दर्ता प्रमाणपत्रसमेत नभेटिएपछि उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय रानीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles