Sunday, April 19, 2026

सशस्त्र प्रहरी पर्साद्वारा लाखोको केरा र किराना समान बरामद:-

ताजा / भरखरै प्राप्त

सशस्त्र प्रहरी बल, नेपाल पर्साले सीमावर्ती क्षेत्रमा हुने तस्करी नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाएको देखिन्छ ।
सोही अभियानअन्तर्गत सशस्त्र प्रहरी बल पर्साका सशस्त्र प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) मोहन बहादुर क्षेत्रीको निर्देशनमा खटिएको सशस्त्रका टोलीले ठूलो परिमाणमा अवैध सामान केरा र किरानाको समान बरामद गरेका छन् ।

सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म वीरगञ्जका डिएसपी शम्भु कटुवालको नेतृत्वमा खटिएको टोलीले वीरगञ्ज महानगरपालिका–१६ नगवा क्षेत्रबाट किराना सामान, स्याउ तथा केरा बरामद गरेको सशस्त्र प्रहरी पर्साका डिएसपी कटुवालले जनाएका छन् ।

भारतबाट भन्सार छली गरी नेपाल भित्र्याइएको उक्त सामान गोप्य सूचनाको आधारमा खाने केरा र किरानाको समान पक्राउ गरिएको सशस्त्र प्रहरीले बताउँछन् ।

पक्राउ गरिएको सम्पूर्ण सामान आवश्यक कारबाहीका लागि पर्साका वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएका छन् ।
सशस्त्र प्रहरीका अनुसार पछिल्लो समय सीमावर्ती क्षेत्रमा तस्करी नियन्त्रणका लागि निगरानी कडा पारिएको बताउँछन् “भने नियमित गस्तीसमा पनि निगरानी बढाइएका छन् ।

सशस्त्रका एसपी क्षेत्रीको नेतृत्वमा सञ्चालन भइरहेको तस्करीविरुद्धको अभियानका कारण अवैध आयात तथा चोरी पैठारीमा संलग्नका गिरोहहरू दबाबमा परेको सुरक्षा निकायले जनाएको भनाईं रहेको छ ।
सशस्त्र प्रहरीले यस्ता गतिविधिविरुद्ध अझ सशक्त रूपमा कारबाही अगाडि बढाउने र दोषीलाई कानुनी दायरामा ल्याउने सशस्त्र प्रहरीले बताउँछन् । तर

पर्साका वीरगन्ज भन्सार र आईसिपी भित्रबाट भईरहेको भ्रष्टचारमा कडाई नगरि सर्वसाधारणलाई दु;ख दिने काम मात्र भएको देखिन्छ।ठुलो तस्करी आईसिपी र भन्सारबाट सेटिङ्गमा हुदै छन् ” सरकारको ध्यान पुगोस्।
देखावटीको लागि नाकामा कडाई गरेर खाने, केरा, फलफुल, तरकारी र घरायसी समान किरानाको समान पक्राउ गरेर गरिबलाई मारेर केही हुदैन,हजुर सशस्त्र प्रहरी पर्साका सशस्त्र प्रहरी उपरीक्षकज्यू र सशस्त्र प्रहरीका सशस्त्र प्रहरी नायव उपरीक्षक ज्यू।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles