सरकारले सुकुम्बासी बस्ती हटाउने माइकिङ गरेपछी सामान अन्यत्र सार्दै थापाथलीका सुकुम्बासीहरु ।


काठमाडौँ महानगर र सरकारले सुकुम्वासी बस्ती हटाउने तयारीका साथ माइकिङ गरेपछि थापाथलीका बासिन्दाहरूले आफ्नो सामान अन्यत्र सार्न थालेका छन् । बल प्रयोग गरेर बस्ती भत्काइने डरले स्थानीयहरू ट्रयाक्टर र गाडामा सामान लोड गरेर सुरक्षित ठाउँको खोजीमा लागीपरेका छन् ।


