Saturday, May 2, 2026

१३७ केजी गाँजासहित दुई जना यादव धनुषा प्रहरीद्वारा पक्राउ:-

ताजा / भरखरै प्राप्त

लागू औषध १३७ केजी गाँजासहित दुई जनालाई धनुषा प्रहरीले पक्राउ गरेको जनाएको छ ।
पछिल्लो समय तराई क्षेत्रमा लागूऔषध ओसारपसारका घटना बढ्दै गएको अवस्थामा धनुषा प्रहरीले सक्रियता बढाउँदै गरेको यस्तो सफलता हासिल गरेको हो।
१३७ किलो गाँजासहत पक्राउ पर्नेमा धनुषाकै स्थानीय २६ वर्षीय गणेश कुमार यादव र २४ वर्षीय जितेन्द्र कुमार यादव रहेका छन् । दुवै जनालाई शंकास्पद गतिविधिका आधारमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छन् ।
धनुषा प्रहरीका अनुसार धनुषाको मुसहर्निया गाउँपालिका–६ अन्तर्गत पर्ने लक्ष्मिनियाँ क्षेत्रमा केही व्यक्तिहरूले लागूऔषध ओसारपसार गरिरहेको विशेष सूचना आएको थियो, उक्त सूचनालाई गम्भीरतापूर्वक लिँदै प्रहरी टोलीले सो क्षेत्रमा निगरानी बढाएको थियो । हिजो शुक्रबार बिहानैदेखि उक्त स्थानमा सघन चेकजाँच तथा गोप्य अपरेशन सञ्चालन गरिएको थियो।
सो,कारबाहीका क्रममा प्रहरीले पाँच वटा बोरामा राखिएको १३७ केजी गाँजा बरामद गरेको प्रहरीले जनाएका छन् ।
बीआर ३२ डी ५८८२ नम्बरको भारतीय नम्बर प्लेट भएको मोटरसाइकल समेत नियन्त्रणमा लिइएको छ। उक्त मोटरसाइकल प्रयोग गरेर लागूऔषध ओसारपसार भइरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। साथै, दुई थान मोबाइल फोन पनि बरामद गरेको जनाएको छन् ।
प्रहरीले नियन्त्रणमा लिएका गणेश कुमार यादव र जितेन्द्र कुमार यादवलाई हाल हिरासतमा राखेर लागूऔषध सम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाइएको धनुषा प्रहरीले बताउँछन् । उनीहरूबाट प्राप्त सूचनाका आधारमा थप संलग्न व्यक्ति वा गिरोहको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी गराएको छ ।
प्रहरीका एक अधिकारीका अनुसार पछिल्लो समय भारत–नेपाल सीमावर्ती क्षेत्रमा लागूऔषध तस्करीका गतिविधि बढ्दो क्रममा छन्। खुला सीमा र कमजोर निगरानीका कारण यस्ता गतिविधि सजिलै सञ्चालन हुने गरेको पाइएको छ। यसैलाई ध्यानमा राख्दै प्रहरीले विशेष निगरानी तथा अपरेशनलाई तीव्रता दिएको जनाएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles