Saturday, May 2, 2026

मधेश प्रदेशमा ‘लागुऔषध सेवनकर्ताहरुलाई खोजी एवं सुधार महाअभियान २०८३’ आजदेखि सुरु :-

ताजा / भरखरै प्राप्त

मधेस प्रदेश प्रहरी कार्यालयले मधेस प्रदेशभर बढदो लागुऔषध नियन्त्रण गर्ने लागु औषध सेवनकर्ताहरुलाई खोजी एवं सुधार महाअभियान २०८३/सञ्चालनमा ल्याउन लागिरहेको छ, महाअभियान अन्तर्गत सिमा नाका देखि सहर बजार गाउँ नगर तहसम्म निगरानी परिक्षण सचेतना र सुधारात्मक कार्यक्रम सञ्चालन गरिने भएको मधेस प्रदेश प्रहरी कार्यालय जनाकपुरले जानकारी दिएको छ ।

मधेश प्रदेश प्रहरी कार्यालयद्वारा लागु औषध सेवनकर्ताहरुको ब्यापक रुपमा खोजी तथा सुधारात्मक अभियान शुरु गरेको जनाएको छ, आज आठै जिल्लाका प्रमुखहरु तथा मातहत प्रहरी चौकीहरुसम्म ब्रिफिङ गर्दै प्रहरी नायब महानिरीक्षक (डिआईजी) गोबिन्द थपलियाले बताएका छन् । यस कार्यक्रम अन्तर्गत सिमा नाकाहरुमा लागु औषध परिक्षण केन्द्र (Drugs Testing Checkpoint) स्थापना गरी Drug Test Kits को प्रयोग गरी लागु औषध सेवन गरे नगरेको पत्ता लगाउने र सिमानाकाहरुमा नियमित रुपमा आवत जावत गर्ने युवा युवतीहरुको तथ्यांक संकलन गरी निग्रानी गर्ने योजना रहेको थपलीयाले बताउँछन् ।, लागु औषध सेवनकर्ताहरुलाई सिमानाकामा एक घण्टा सचेतनामुलक Audio Visual मार्फत प्रशिक्षण दिने र लागु औषध सेवनकर्ताहरुको अभिलेख बिवरण तयार गरी GPS Location समेत Tracking गरिने कार्यक्रम रहेको जनाइएको छ, प्रदेश सरकार, स्थानीय सरकार, सुरक्षा निकायहरु तथा सरोकारवाल संघ संस्थाहरु समेतको सहयोग र समन्वय रहने जानकारी गराइएको छ । सेवानकर्तालाई सुधार तथा उपचार गरी सामाजिक पुर्स्थापनाका लागि स्थानीय सरकार तथा प्रदेश सरकारसंग समन्वय गरी युवा लक्षित कार्यक्रमहरु खेलकुद, मनोरञ्जन, सीपमुलक तालिम कार्यक्रम, रोजगार कार्यक्रम लगायत कार्यक्रम सञ्चालन गरिने भएको बताइएको छ ।यस महाअभियान अन्तर्गत लागु औषध ओसारपसारतथा कारोवार गर्ने औषधी पसलहरु, अन्य स्थानहरु तथा लागु औषध ओसार पसार तथा भण्डारण गर्ने मुख्य कारोबारीलाई निग्रानी गरी पहिचाहन गर्ने र कडा कानूनी कार्वाही गरिने भएको जनाइएको छ ।प्रदेश प्रहरी कार्यालय “लागु औषध सेवनकर्ता खोजी एवं सुधार महा-अभियान २०८३”अन्तर्गत प्रदेश प्रहरी कार्यालयद्वारा प्रदेश सरकारको समन्वय, स्थानीय तहको सहभागितामा,र विभिन्न सरकारी तथा गैरसरकारी संघ–संस्था (NGO/INGO) लगायत सरोकारवाला निकायहरूसँग समन्वय तथा सहकार्य गर्दै प्रभावकारी अभियान सञ्चालन भइरहेको प्रदेश प्रहरी प्रमुखले जानकारी दिएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles