Saturday, May 2, 2026

महोत्तरी प्रहरीको ठुलो सफलता सात वर्षपछि खुल्यो हत्याको कान्ड:-

ताजा / भरखरै प्राप्त

महोत्तरी प्रहरीले पक्राउ गर्यो श्रीमती पुजा सालीहरु निशा, र आरती बस्नेतलाई ।
मधेस प्रदेश प्रहरी प्रमुखको ठुलो सफता:
७ वर्षपछि खुल्यो बर्दिबास हत्या कान्डको रहस्य: श्रीमती र सालीसहित तीन जना महोत्तरीको बर्दिबास प्रहरीद्वारा पक्राउ ।

२०७६ असार ३१ गते, बर्दिबासमा भएको श्रवण कुमार थापाको मृत्युलाई ७ वर्षपछि प्रहरीले ‘योजनाबद्ध हत्या’ पुष्टि गरेको छ । सुरुमा सामान्य सवारी दुर्घटना मानिएको यो घटनामा इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायव उपरीक्षक (डीएसपी) विकास बमको कमाण्ड र मधेस प्रदेशका प्रहरी प्रमुख (डीआईजी) गोविन्द थपलियाको निर्देशनमा भएको सुक्ष्म अनुसन्धानले नयाँ तथ्य खोलेको जनाइएको छ ।

प्रहरीको अनुसन्धानका अनुसार, श्रीमती पूजा थापाले आफ्नी आमा र ५ दिदीबहिनीसँग मिलेर ३ लाख ५० हजार रुपैयाँ ‘सुपारी’ दिई श्रीमानको हत्या गराएकी थिइन्” भारतको गोवामा लुकेर बसेका अभियुक्तहरूलाई नेपाल-भारत समन्वयमा बाँके सीमाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा श्रीमती पूजा, सालीहरू निशा र आरती बस्नेत रहेका छन् ।
अन्य ३ जना दिदीबहिनी र आमा अझै फरार रहेको छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles